मट्टितेल छर्केर महिलाको शरिरमा आगो

96

नेपालगन्ज, माघ १८–
नेपालगन्जमा एक मुस्लिम महिला जलेर गम्भिर घाईते भएकी छन् । नेपालगन्ज–१६ बेलासपुरस्थित आफ्नै घरमा २५ बर्षिया रानी शेख जलेकी हुन् । महिलाको बयान अनुसार उनले शरिरमा मट्टितेल छर्केर आगो लगाएकी थिईन् । दिउँसो करिव साढे २ बजेतिर जलेकी महिलाको अवस्था गम्भिर छ । उनलाई भेरी अञ्चल अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि भारतको लखनउ लगिएको छ ।

भेरी अञ्चल अस्पतालमा प्राथमिक उपचारका क्रममा २५ बर्षिया रानी शेख  ।
भेरी अञ्चल अस्पतालमा प्राथमिक उपचारका क्रममा २५ बर्षिया रानी शेख ।

Ghaite Mahila Refar

जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखा इन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाका अनुसार घाईते महिलाले आफै मट्टितेल छर्केर आगो लगाएको प्रहरी समक्ष बयान दिएकी छन् । महिलाले आफै आगो लगाएको बयान प्रहरीलाई दिएको र घटना हुदाँ श्रीमान बुधै शेख पनि घरमै रहेको उनले बताए । श्रीमतिको शरिरमा लागेको आगो निभाउने क्रममा बुधैको हात जलेको पाइएको प्रहरी निरिक्षक थापाले बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Mahila Photo 2

Mahila ka Husband

Womui
Womui