कालोबजारी आरोपमा सशस्त्रका पूर्व निरीक्षक पक्राउ

31

काठमाडौं, माघ १८–
खाना पकाउने ग्यास कालोबजारी गरेको आरोपमा २ सय ६५ सिलिन्डर ग्यास सहित सशस्त्र प्रहरीका पूर्व प्रहरी निरीक्षक सहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाले २ सय ५८ गीता र २७ वटा साल्ट ट्रेडिङ कम्पनिको ग्यास सिलिन्डर सहित सशस्त्र पूर्व निरीक्षक राजेश भारतीलाई कपनबाट पक्राउ गरेको बताइएको छ । महाशाखा प्रमुख सर्वेन्द्र खनालले ग्यासको सिल तोडेर बजारमुल्य भन्दा बढी रुपैंया लिएर ग्यासको कालोबजारी गरेको आरोपमा भारतीलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरीले कालोबजारीको आरोपमा र यशोदा बजगाईलाई समेत पक्राउ गरेको छ । एसएसपी खनालका अनुसार उनले आधा भरिएको सिलिन्डर १ हजारदेखी १५ सय रुपैंयासम्म लिएर विक्रि गर्ने गरेको खुलेपछी पक्राउ गरिएको हो । कपनको आकाशे धारा स्थित राजेश भारतीले संचालन गरेको रारा इन्टरप्राइजेज पसलवाट एसटीसीको २७ वटा र २५८ वटा गीताको सिलिन्डर फेला परेको महाशाखाले जानकारी दिएको छ । कंलकीमा रहेको गोर्खा मनकामना फलफुल तथा कृषि बजारको उग्रचण्डी स्टोरबाट प्रहरीले ५० लिटर ,पेट्रोल ३ सय २० लिटर र मट्टितेल १ सय २५ लिटर समेत बरामद गरेको छ ।

Womui
Womui