नाकाबन्दी सामु नझुक्ने प्रधानमन्त्रीको अठोट

28

काठमाडौं, माघ १८–
भारतको नाकाबन्दीसामू आफू कुनै हालतमा नझुक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा सोमबार आयोजना गरेको राष्ट्रिय बाल गीत सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच आउने गरी आफूले कुनै किसिमको सम्झौता नगर्ने बताए ।

kp oli pic

इतिहासदेखि नै नेपाल कुनै मुलुकसामू नझुकेको भन्दै आफूले गौरवपूर्ण इतिहासमा आँच आउन नदिने ओलीको प्रतिबद्धता छ । बालबालिकाको भविष्यप्रति आफू निकै चिन्तित रहेको भन्दै आगामी शैक्षिक सत्रमा स्कुले विद्यार्थीहरुलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको बताए ।

Womui
Womui