बैतडीमा प्रसुती सेवा केन्द्रको संख्या थपिदै

38

भगीरथ अवस्थी
बैतडी, पुष ६–
जिल्लामा सुरक्षित प्रसुती सेवा केन्द्रको संख्या बढाइएको छ । पाटन नगरपालिकाको वडा नम्वर १० बसन्तपुरमा सुरक्षित प्रसुती सेवा केन्द्र सञ्चालनमा आएसंगै सुरक्षित प्रसुती सेवा केन्द्रको संख्या १ सय ३ पुगेको हो । पाटन नगरपालिका वडा नं ९ र १० तथा दुर्गास्थान गाविसका केही नागरिकलाई लक्षित गरी वसन्तपुरमा सुरक्षित प्रसुती सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सुरक्षित प्रसुती सेवा केन्द्रको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले एक समारोहकाबीच उदघाटन गरेका छन् । जिल्लालाई २०७४ सालभित्र पूर्णसंस्थागत सुत्केरी घोषणा गर्ने अभियान अन्तर्गत सुरक्षित प्रसुती सेवा केन्द्र विस्तारको कार्यक्रम जारी रहेको प्रमुख अवस्थीले जानकारी दिए । जिल्लाभरी गर्भवती आमाहरुले स्वास्थ्यसंस्थामै बच्चा जन्माउन र उनीहरुको पायक पर्ने ठाउँमा सुरक्षित सुत्केरी सेवा पाउन भन्नका लागि सुरक्षित प्रसुती सेवा केन्द्र विस्तारको कार्यक्रम जारी रहेको उनको भनाई छ ।

जिल्लाभरी अहिले स्वास्थ्य संस्थाभन्दा बाहिर पनि सुरक्षित प्रसुती सेवा केन्द्रहरुको सञ्चालन भइरहेका डा. अवस्थीले बताए । एक गाविसमा कम्तीमा दुई वटा सुरक्षित प्रसुती सेवा केन्द्र सञ्चालनमा ल्याउन पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Womui
Womui