‘मोर्चालाई सधैँ बोकेर हिँड्न सक्दैनौं : भारतीय राजदुत

45

काठमाडौं, पुष ६–
भारतीय राजदूत रणजीत रेले मधेसी मोर्चाका नेतालाई सधँै बोकेर हिँड्न नसकिने चेतावनी दिएका छन् । भारतीय दूतावासमा सोमबार मोर्चाका नेतालाई बोलाएर राजदूत रेले सहमति गरेर अगाडि बढ्न मोर्चा नेतालाई आग्रह गरेका हुन् । चार महिनादेखिको आन्दोलनले जनजीवन कष्टकर भएको भन्दै सहमति खोज्न उनले मोर्चाका नेतालाई आग्रह गरेको र भारतले सधैँ बोकेर हिँड्न नसक्ने प्रष्ट्याएको स्रोतले जनाएको छ ।

Ranjit Re pic

मोर्चा नेता र राजदूतबीच भेटघाट भएको दूतावासकी प्रवक्ता रुबी जस्प्रीत शर्माले बताईन् । राजदुत रेले आन्दोलन लम्बिदै जाँदा जनतामा नैराश्यता पैदा भएको र त्यसले आन्दोलनरत पक्ष, नेपाल र भारत कसैको हित नगर्ने भन्दै छिटो सहमति खोज्न आग्रह गरेका थिए ।

Womui
Womui