‘संविधानले दलितलाई अधिकार दियो, विभेद कायमै’

50

नेपालगन्ज, पुष ६–
संविधानले दलित समुदायलाई अधिकार दिएपनि कार्यान्वयन नहुँदा सम्म विभेद कायमै रहने दलित महिलाले बताएका छन् । नेपालगन्जमा सोमबार आयोजित दलित महिला संघको राष्ट्रिय भेलाको उद्घाटन शत्रमा बोल्ने बक्ताले यस्तो बताएका हुन् । समाजमा दलित माथि अझैपनि विभेद कायमै रहेको उनीहरुले गुनासो गरे । मंगलबारसम्म चल्ने राष्ट्रिय भेलाबाट संघमा नयाँ नेतृत्व समेत चयन हुनेछ ।

dalit mahila

संघको पाँचौ महाधिवेशनका लागि नयाँ कार्यसमिति मंगलबार चयन हुने जानकारी गराएको छ । अधिवेशन अघि नँया संविधानमा समावेश भएका दलित तथा महिलाका सवाल यसको कार्यन्वयन र चुनौति विषय कार्यशाला गोष्ठि आयोजना गरिएको छ । वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, पत्रकार, अधिकारकर्मी, संघसस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको छ । कार्यक्रमका देशभरका दुई सय बढी दलित महिलाको सहभागीता रहेको आयोजक दलित महिला संघ केन्द्रिय समितिले जनाएको छ ।

Womui
Womui