कांग्रेस सँगको सहकार्य आवश्यक :नेपाल

50

बुटवल, पुष ६-
एमाले नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि कांग्रेससँगको सहकार्य आवश्यक रहेको बताएका छन् । सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव चाँडो पारित गरेर अगाडि बढ्नुपर्ने उनले बताए । बुटवलमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा नेता नेपालले जारी राजनीतिक संकट समाधानका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहकार्य जरुरी भएको औल्याएका हुन् ।

Madhav Nepal pic

६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत भएकाले संकट गहिरिएको उनको भनाई छ । सीमांकनलाई थाती राखेर भएपनि निकास निकाल्नु पर्ने नेपालले जोड दिए । ‘कहिले कांग्रेस र त कहिले मधेसी मोर्चाको अबरोधका कारण रोकिएको संविधान संशोधन प्रस्ताव पारित गर्न बिलम्व गर्नु हुँदैन,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत थियो अब सीमांकनलाई थाती राखेर भएपनि निकास निकाल्नु पर्छ ।’ आन्दोलनरत मधेसी मोर्चाले भने सीमांकनविना संविधान संशोधन गर्न लागिएको भन्दै विरोध गर्दै आएको छ । भारतसँगको सम्बन्ध सुधार्नुपर्नेमा पनि नेता नेपालले जोड दिए ।

Womui
Womui