रौतहट र वीरगन्ज तनावग्रस्त

56

रौतहट, पुष ४–
आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा रौतहट र वीरगन्ज तनावग्रस्त बनेको छ । सरकारलाई अन्तिम धक्का दिने भन्दै मोर्चाले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि तनाव उत्पन्न भएको हो । मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गौरमा ११ जना प्रहरी घाइते भएका छन् । रौतहट प्रहरी प्रवक्ता राजेन्द्र पोखरेलले आन्दोलनकारीले ढुंगा प्रहारबाट प्रहरी नायव निरीक्षक त्रिभुवन साहसहित ११ जना प्रहरी घाइते भएका हुन् । शनिबार मधेसी मोर्चाका कार्यकर्ताले कविर चोकमा टायर बालेर सडक अबरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

Morcha Aandolan

मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर र आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले मोर्चाका एक कार्यकर्तालाई पक्राउ गरेपछि मोर्चा कार्यकर्ताले प्रहरीमाथि ढुंगामूडा प्रहार गरेका हुन् । गौरस्थित वीपी चोक तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारदेखि आन्दोलनलाई कडा बनाउन निर्णय गरेसँगै मोर्चाका कार्यकर्ता विहानैदेखि सडकमा निस्केर विरोध गरिरहेका छन् । मोर्चाका कार्यकर्ताले एउटा बारुणयन्त्र तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगाबाट बारुणयन्त्रको अगाडिको सिसा फुटेको छ भने चालक घाइते भएका छन् । वीरगन्जमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिबार पटक पटक झडप भएको छ ।

Womui
Womui