प्रेस युनियन बाँकेका महत्वपुर्ण निर्णय सार्वजनिक

92

नेपालगन्ज, पुष ४–
नेपाल प्रेस युनियन बाँकेले सांगठनिक लगायत विभिन्न विषयमा महत्वपुर्ण निर्णय गरेको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा पर्यटकिय क्षेत्र गाभर भ्याली होमस्टेमा सम्पन्न बैठकले युनियन बाँकेको नाममा ‘एनपीयु पत्रकार कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । सचिव अर्जुन ओलीले शनिबार प्रकाशित गरेको विज्ञप्ती अनुसार उक्त कोषका लागि कार्यसमितिका पदाधिकारी एवम् सदस्यले एक साताभित्र न्यूनतम एक हजार रुपैयाँ जम्मा गरिसक्नेछन् । साथै प्रत्येक साधारण सदस्यले कम्तिमा ५ सय रुपैयाँ सदस्यता नवीकरण गर्नु अगावै कोषमा अनिवार्य रुपमा जम्मा गरिसक्नुपर्ने निर्णय भएको छ । ‘कोषमा रकम जम्मा गरेको रसिद सदस्यता नवीकरणका लागि अनिवार्य हुनेछ, यस कोषमा सहयोग गरि सहकार्य गर्नुहुन बैठकले सबै पेशा, व्यवसाय र क्षेत्रलाई आह्वान गरेको छ,’ विज्ञप्तीमा भनिएको छ । कल्याण कोष स्थापना अभियानलाई तिव्रता दिन अध्यक्ष शाहको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ ।

गाभर भ्यालीमा सम्पन्न प्रेस युनियन बाँकेको बैठक । तस्बिर: प्रेस युनियन बाँके
गाभर भ्यालीमा सम्पन्न प्रेस युनियन बाँकेको बैठक ।   तस्बिर: प्रेस युनियन बाँके

युनियन बाँकेका सदस्यहरुको नवीकरणका लागि यही पुष २० गते सम्म समय निर्धारण गरिएको छ । उक्त अवधिभित्र विधान अनुसार शुल्क बुझाई नवीकरण गरिसक्न सम्पुर्ण सदस्यहरुलाई जानकारी गराउने र सोही अवधिभित्र नयाँ सदस्यता खुला गर्ने निर्णय युनियनको बैठकले गरेको छ । यस्तै युनियन बाँकेको सल्लाहकारमा अग्रज पत्रकारहरु हेमन्त कर्माचार्य र निरज गौतम तथा शाखाका निर्वतमान अध्यक्ष नरेन्द्र थापालाई मनोनयन गरिएको छ । मोटरसाईकल दुर्घटनामा घाईते भई लामो समयदेखि उपचाररत पत्रकार तथा युनियनका केन्द्रिय पार्षद नवीन गिरीको उपचार सहयोगार्थ अष्टे«लियाबाट सहयोग संकलन गरेकोमा शाखाकी पुर्व कोषाध्यक्ष सन्ध्या शाहलाई धन्यवाद दिदै बैठकले सहयोग अभियान जारी राख्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

गाभर भ्यालीमा सम्पन्न प्रेस युनियन बाँकेको बैठक । तस्बिर: प्रेस युनियन बाँके
गाभर भ्यालीमा सम्पन्न प्रेस युनियन बाँकेको बैठक ।  तस्बिर: प्रेस युनियन बाँके

विज्ञप्तीमा अगाडी भनिएको छ, ‘यस अभियानका लागि कार्यसमितिका प्रत्येक पदाधिकारी र सदस्यले पुनः एक पटक स्वेच्छिक सहयोग गरेका छन, भने युनियनले आफ्ना सबै सदस्यलाई यस मानवीय कार्यमा स्वेच्छिक सहयोग गर्न आह्वान गरेको छ ।’ अभियानमा सहयोग गर्न शुभेच्छुक, संघ संस्था, व्यक्ति, समस्त संचारकर्मीहरु र नेपाल सरकारलाई अपिल गर्दै पत्रकार नवीन गिरी उपचार सहयोग अभियान व्यवस्थित गर्न सचिव अर्जुन ओलीको संयोजकत्वमा समिति गठन गरिएको छ । अभियानको सदस्यमा सह–सचिव विनराज त्रिपाठी, सदस्य विजय मल्ल, प्रियास्मृति ढकाल र करुणा शाह रहेका छन् । उक्त अभियानका लागि युनियनको आग्रहमा नेपालगन्जस्थित शुभारम्भ वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाँकेमा आवद्ध पदाधिकारी र कर्मचारीले १० हजार रुपैयाँ सहयोग संकलन गरेको भन्दै बैठकले मनकारी सबै व्यक्तिलाई धन्यवाद समेत दिएको छ ।

सामुहिक तस्बिर खिचाउँदै युनियनका कार्यसमिति सदस्य तथा पदाधिकारी । तस्बिर: प्रेस युनियन बाँके
सामुहिक तस्बिर खिचाउँदै युनियनका कार्यसमिति सदस्य तथा पदाधिकारी ।  तस्बिर: प्रेस युनियन बाँके

यसैगरी आगामी बैठकले पूर्णता दिनेगरी उपाध्यक्ष लक्ष्मी विसीलाई नेपाल प्रेस युनियन बाँके महिला विभाग संयोजकको जिम्मेवारी दिएको छ । विभागमा कार्यसमिति सदस्य कमला हमाललाई सदस्यमा चयन गरिएको छ । पाँच घण्टा बढी समय सम्म चलेको उक्त बैठकले युनियन बाँकेका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी श्री पन्नालाल गुप्त चाचाजीको सम्मानमा स्थापना गरिएको पत्रकार ‘पन्नालाल गुप्त चाचाजी राष्ट्रिय पत्रकारिता पुरस्कार कोष’ लाई थप व्यवस्थित गर्न उपाध्यक्ष कृपाराम बाडियाको संयोजकत्वमा कोष व्यवस्थापन समिति गठन गरेको छ । कोष व्यवस्थापनको सदस्यमा लक्ष्मी विसी, योगेश चौधरी, विशाल राना कुँवर र रबी रोकायलाई चयन गरिएको छ । बैठकले पछिल्लो समयमा केही व्यक्तिहरुले संचारकर्मीमाथि आक्रमण प्रयास गर्ने र सार्वजनिक स्थानमा सञ्चार जगतमाथि अमर्यादित टिप्पणी गरेको प्रति गम्भिर चासो र सरोकार राख्दै यस्तो प्रवृति निरुत्साहित गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधीहरुलाई संरक्षण या प्रोत्साहन हुने खालका कुनैपनि कार्य नगर्न सबैलाई आग्रह समेत गरेको छ । यस्ता गतिविधीबाट पुर्णतः सचेत रहन युनियन बाँकेका समस्त सदस्यलाई युनियनले ध्यानाकर्षण पनि गराएको छ ।

Womui
Womui