६८ जनालाई अपाङ्गता परिचय पत्र वितरण

43

बैतडी, पुष ४-
महिला तथा बालबालिका कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । चालू आर्थिक बर्षको पहिलो चौमासिकमा क वर्गको ७ जना, ख वर्गको २४ जना, ग वर्गको २२ जना र घ वर्गको १५ जनालाई परिचय पत्र वितरण गरिएको निमित्त महिला विकास अधिकृत बिष्ना भण्डारीले जानकारी दिइन् । अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ताका लागि अपाङ्गता परिचयपत्र अनिवार्य भएकाले महिला तथा बालबालिका कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र प्रदान गर्दै आएको छ । नेपाली नागरिकताको प्रमाण पत्र वा जन्मदर्ताको प्रमाणपत्र, सम्बन्धित गाविस वा नगरपालिकाको सिफारिस, डाक्टरले चेकजाँच गरेको बिरामी पूर्जा र रु १० को टिकट टाँसेको निवेदन अपाङ्ग परिचय बनाउनका लागि आवश्यक रहेको निमित्त महिला विकास अधिकृत भण्डारीले जानकारी दिइन् । जिल्लामा अहिलेसम्म ७ हजारको हाराहारीमा अपाड्गता भएका व्यक्तिहरु रहेको भए पनि ४ हजार २ सयले मात्रै परिचय पत्र लिएका छन् । अपाङ्गता परिचयपत्र लिन बाँकी रहेका व्यक्तिहरुले सरकारले प्रदान गर्ने सुविधाबाट समेत बञ्चित रहेका छन् ।

Womui
Womui