धारिलो हतियारबाट आमा र छोरीको हत्या

37

रौतहट, पुष ४–
रौतहटको हर्दिया पल्टुवा–३ मा एक अज्ञात समूहले धारिलो हतियार प्रयोग आमा र छोरीको हत्या गरेको छ । हर्दिया टोलका रामबालक साहका ३५ वर्षीया पत्नी रेनुदेवी र उनकी १० वर्षीया छोरी अंकिताकुमारीको हत्या भएको हो । दुबैको शरीरमा धारिलो हतियार प्रयोग गरिएको रौतहट प्रहरी प्रमुख एसपी गणेश रेग्मीले जानकारी दिएका छन् ।

राति करिव २ बजे घरमा रहेकी सासु यतवरिया देवीलाई बारीमा जान्छु भन्दै आमा, छोरी बाहिर निस्केका थिए । बिहान ४ बजेसम्म नफर्किएपछि गाउँलेहरुले उनीहरुको खोजी सुरु गरेका थिए । साहको घरभन्दा करिब दुई सय मिटर पूर्व हर्दिया पल्टुवा–४ को मुख्य सडकमा आमा र छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

Womui
Womui