महाधिवेशनको संघारमा कांग्रेस भित्र चरम गुटबन्दी

75

काठमाडौं, पुष ४–
सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा गुटबीच क्रियाशील सदस्यमा आफ्नो पल्लाभारी पार्ने होडले कांग्रेसमा उत्पन्न विवाद थप पेचिलो बनेको छ । गाउँदेखि केन्द्रीय नेतृत्व चयनसम्म सीधै प्रभाव राख्ने क्रियाशील सदस्यतालाई आफूअनुकूल बनाउन सभापति कोइराला (संस्थापन) र वरिष्ठ नेता देउवा पक्षबीच विवाद तीब्र बनेको हो । १३ औं महाधिवेशन सुरु हुन तीन महिनाभन्दा कम समय बाँकी रहँदा संस्थापन पक्ष १२ औं महाधिवेशनकै सदस्यलाई मात्र मताधिकार दिनुपर्ने पक्षमा उभिएको छ ।

Congresh Vawon

वरिष्ठ नेता देउवा पक्ष भने नयाँ सदस्यलाई पनि मताधिकार दिनुपर्ने पक्षमा छ । नयाँ सदस्यमध्ये ठूलो संख्या आफ्नो पक्षधर नरहेको बुझाइमा रहेको संस्थापन पक्ष आगामी महाधिवेशनमा उनीहरुलाई मताधिकार दिन नहुने पक्षमा उभिएको स्रोतको दाबी छ । नयाँ सदस्यलाई मताधिकार दिइँदा आफ्नो पल्लाभारी हुने ठोकुवासहित देउवा पक्ष भने उनीहरुलाई मताधिकार दिलाउन दृढ देखिन्छ । ‘पुरानो सदस्यतालाई मात्र मान्यता दिँदा आफ्नो अनुकूल हुन्छ र नयाँलाई दिँदा प्रतिकूल हुन्छ भन्ने उहाँहरु (संस्थापन पक्ष) को बुझाइ छ,’ देउवापक्षीय केन्द्रीय सदस्य प्रकाशशरण महतले भने, ‘आफ्नो अनुकूल हुने गरी छानबिन समितिको प्रतिवेदन सुधार गराउन दबाब दिने रणनीति देखिएको छ ।’ संगठन विभाग प्रमुखसमेत रहेका संस्थापन पक्षका नेता आनन्दप्रसाद ढुंगानाले भने सदस्यता वितरणमा देउवा पक्षले धाँधली गरेको आरोप लगाए ।

एउटै जिल्ला, क्षेत्र र गाविसमा फरक–फरक मापदण्डका आधारमा सदस्यता छानबिन गरेको जनाउँदै ढुंगानाले नीतिगत र प्रक्रियागत कुरा मिल्न नसकेको बताए । छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय समिति बैठकमा बोल्दै संस्थापन पक्षका नेताहरुले जिल्ला, क्षेत्र र गाविसैपिच्छे फरक मापदण्ड बनाएर सदस्यता छानबिन गरेकाले त्यसलाई मान्न नसकिने धारणा राखेका छन् । सबै ठाउँमा एउटै मापदण्ड लागू नभए १२औं महाधिवेशनको सदस्यतालाई नै मतदानको अधिकार दिनुपर्ने पक्षमा उनीहरु छन् ।

१२ औं महाधिवेशनमा ३ लाख १६ हजार ८ सय ६६ सदस्य रहेको कांग्रेसमा अब ४ लाख ७० हजार ६ सय ५५ जना सक्रिय सदस्य पुगेका छन् । २ लाख ५७ हजार ४ सय २ ले सदस्यता नवीकरण गरेका छन् भने २ लाख २ हजार १ सय ७९ जनाले नयाँ सदस्यता लिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui