मधेसी मोर्चाले घोषणा ग¥यो ११ दिने आन्दोलन

124

काठमाडौं, पुष ३–
आन्दोलरत संयुक्त मधेसी मोर्चाले ११ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकार र नेपाली कांग्रेससँगको वार्तालाई औचित्यहीन भन्दै शुक्रबार राजधानीमा बसेको मोर्चाको बैठकले अब मधेसमा मात्रै वार्ता गर्ने पनि निर्णय गरेको छ । मोर्चाले पुष ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।

करण सिंहसँग भेट गर्दै मधेसी मोर्चाका नेता ।

आन्दोलन कार्यक्रम अन्र्तगत मन्त्री, सरकारका प्रतिनिधि र सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, जनप्रतिरोध गर्ने, सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, संविधान संशोधन विधेयकको प्रति जलाउने लगायतका आन्दोलनका कार्यक्रम छन् ।

Womui
Womui