बम प्रहार गर्ने विप्लव माओवादीका कार्यकर्ता पक्राउ

43

ललितपुर, पुष ३–
ललितपुर भैंसेपाटीस्थित डिसहोमको स्टेशनमा पेट्रोल बम प्रहार गर्ने जीवेन्द्र शाहीलाई प्रहरीले ललितपुरको खोकनाबाट पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता शाहीलाई पाँच दिन थुनामा राखेर छानबिन गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको छ ।

हिन्दी च्यानलको प्रसारण बन्द नगरेको भन्दै उनको नेतृत्वमा रहेको एक समुहले गत मंगलबार डिसहोमको स्टेशनमा पेट्रोल बम हानेको थियो । बम प्रहार भएपछि करिव २ करोड रुपैयाँ बराबरको क्षति भएको डिसहोमले जनाएको छ ।

Womui
Womui