नाकाबन्दीमा भारतीय हात्तिको आतंक

42

झापा, पुष ३–
भारतसँग सीमा जोडिएको झापाको पूर्वाेत्तर बाहुनडाँगी र मेचीनगर आसपासका विभिन्न स्थानमा केही दिनयता हात्तीको आतंक मच्चिएको छ । झापा मेचीनगर४ मागुरमाडी निवासी ६४ वर्षीय डम्बरबहादुर कुँवर वर्षभरि दुःख गरेर उब्जाएको धान हात्तीबाट कसरी जोगाउने भन्ने चिन्तामा थिए । उनले धान त जोगाए, तर आफ्नो जीवनचाँहि बचाउन सकेनन् । बुधबार बेलुका ‘हात्ती आउँदैछ’ भन्ने हल्ला चलेको थियो । तर, उनले सोचेका थिएनन् कि आफ्नै घरमा हात्ती आउँला भनेर । मध्यरातमा हात्तीले धानको कुन्यू उधिन्ला भन्ने चिन्ताले कुँवर खलियानमा पुगे । तर, उनले त्यहाँ आगो बाल्न नपाउँदै हात्तीले आक्रमण गरिहाल्यो ।

elephant-aatanka-Jhapa2

कुँवरको जीवन त्यही खलियानमा समाप्त भयो भयो । बिहीबार बिहान हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका कुँवर एक्ला सर्वसाधारण होइनन्, जसले यस्तै भवितव्यमा परेर जीवन गुमाउन परेको होस् । जिल्ला वन कार्यालयका अनुसार आर्थिक वर्ष ०६७÷०६८ यतामात्रै हात्तीको आक्रमणमा परेर २१ जना सर्वसाधारणको ज्यान गुमेको छ । कुँवरको मृत्युसँगै झापाको मेचीनगर, ज्यामिरगढी, दुवागढीलगायतका गाविसमा सर्वसाधारणको निन्द्रा हराउन थालेको छ । त्यसमाथि घरनजिकै राखिएको धानको कुन्यूमा हात्तीको नजर पर्ला भनेर किसानहरु थप चिन्तित छन् ।

झापाका दर्जनभन्दा धेरै गाविसका बासिन्दा कैयौं वर्षदेखि यसरी नै हात्तीबाट जोगिन संघर्ष गरिरहेका छन् । तामाङका अनुसार बुधबार गाउँ नजिकै रहेको जंगलमा हात्ती आएको हल्ला फैलियो । सर्वसाधारणले ईश्वर पुकार्दै मंगलको कामना गरे । तर, हात्तीले बिहीबार बिहानै सर्वसाधारणको ज्यान लिएपछि त्रास अझै बढेको छ ।

Womui
Womui