चेल्सीका प्रशिक्षक मौरिन्हो निलम्बित

30

एजेन्सी, पुष ३–
चेल्सीका प्रशिक्षक जोजे मौरिन्हो निलम्बित भएका छन् । जारी सिजनको प्रिमियर लिग फुटबलमा खराब प्रदर्शन गरेको चेल्सीका प्रशिक्षकलाई निलम्बित गरेको छ। १६ मध्ये ९ खेल हारेको चेल्सीले ४ खेल मात्रै जितेको अवस्थामा क्लब व्यवस्थापनले प्रशिक्षक मौरिन्होसँग सम्बन्ध तोडेको हो । अंक तालिकाको चेल्सी १६ औं स्थानमा छ। लिगमा रेलिगेशन क्षेत्रभन्दा एक अंकमात्रै माथि रहेको चेल्सी युएफा च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ ।

timthumb

बिहीबार बसेको चेल्सीको बोर्ड निर्देशकहरुको विशेष वैठकपछि क्लवले जारी गरेको विज्ञप्तिमा प्रशिक्षक मौरिन्हो र चेल्सी फुटबल क्लव आपसी सहमतिमा सम्झौता तोडेको बताइएको छ । सन् २०१३ सेप्टेम्बरदेखि दोस्रो पटक चेल्सीको प्रशिक्षण सम्हालेका मौरिन्होले गत वर्ष क्लवलाई इंग्लीस प्रिमियर लिग फुटबलको उपाधि जिताएका थिए । यसपटक मौरिन्होको बर्खास्तीपछि अब नयाँ प्रशिक्षकको खोजी सुरु गरिएको छ ।

Womui
Womui