सशस्त्र प्रहरी प्रमुख वन्तलाई निलम्बन गर्न आयोगको सिफारिस

90

काठमाडौं, पुष २–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ । सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाएर करोडौं भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०६९÷०७० र २०७०÷०७१ का लागि खरिद गरिएको सामान भन्दा बढी देखाएर झुटो बिल तथा पत्रहरु तयार गरेको र ढुवानीकर्ता सदाज्योती सप्लायर्ससँग मिलेमतो गरी आर्थिक अनियमिता गरेको अभिययोग छ । यसमा वन्तको प्रत्यक्ष संलग्नता देखिएको अख्तियारले बताएको छ ।

Koshraj-OntaAPF

उसले सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई आजकै मितिदेखि लागू हुने गरी निलम्बन गर्न प्रधानमन्त्री कार्यालयलाई लेखी पठाएको छ । अख्तियारले नाायब उपरीक्षक सुमनजंग थापा र रामकृष्ण महर्जन, प्रहरी निरीक्षक विनबहादुर थापालाई पनि निलम्बन गर्न गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालय हलचोकलाई सिफारिस गरेको छ । उनीहरु पदमा बहाल रहँदा आफ्नोविरुद्धको प्रमाण नष्ट गर्न सक्ने र अनुसन्धानमा बाधा पुग्ने अख्तियारले बताएको छ ।

Womui
Womui