प्रदिप गिरी र रामेश्वर खनाल नयाँ शक्तिमा

118

काठमाडौं, पुष २–
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियानलाई नेपाली कांग्रेस नेता प्रदिप गिरीले सघाउने भएका छन् । यस्तै पूर्व अर्थसचिव रामेश्वर खनाल, विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्वल थापा लगायतका दर्जनबढी प्रभावशाली अगुवाहरू नयाँ शक्ति आवश्यक भएको निचोड निकाल्दै अभियानमा समाहित हुने भएका हुन् । पुर्वप्रधानमन्त्री भट्टराईले प्रेस नोट मार्फत यस्तो कुरा बाहिर ल्याएका हुन् ।

नयाँ विचार, राजनीति, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको सोंच राख्ने शक्ति तथा व्यक्तिहरुबीच भएको भनिएको छलफलमा वैकल्पिक राजनीतिक शक्तिको खाँचो रहेको भन्नेमा गिरी, खनाल, थापा लगायतका सहभागीहरू सहमती भएको उक्त प्रेस नोटमा जनाइएको छ । जनजाति अगुवा पाशाङ शेर्पा, अभिनेता सरोज खनाल, पूर्व स्वास्थ्य सचिव प्रविण मिश्र, विवेकशील नेपालीबाट गोविन्दनारायण तिमल्सिना, रमेश पौड्याल, अभिषेक बस्नेत, पुकार बम, जीवन श्रेष्ठ, अनुषा थापा लगायत नयाँ शक्ति अभियानमा आवद्ध भएको भट्टराईले जनाएका छन् ।

Womui
Womui