ब्राउन सुगरसहित चारजना पक्राउ

39

सुर्खेत, मंसिर २९–
अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । लागूऔषध ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । सुर्खेत प्रहरीका अनुसार वीरेन्द्रनगर– ८ इत्राम निवासी शम्सेर शाही, वीरेन्द्रनगर–९ का राजकुमार रोकाय, वीरेन्द्रनगर–१० का शुनिल केसी र वीरेन्द्रनगर –६ निवासी अशिम मानन्धर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले शाही र रोकायलाई स्थानीय सोती टोलमा लागूऔषध सेवन गरिरहेको अवस्थामा र केसी र मानन्धरलाई स्थानीय धमला चौकबाट पक्राउ गरेको थियो ।

शाही र रोकायको साथबाट दुई सय मिलीग्राम ब्राउनसुगर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई सोमवार घरबाटै पक्राउ गरेको भएपनि प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको छ । प्रहरीले शाहीको घरमा छापा मारेर उनी सुत्ने कोठामा लुकाएर राखेको अवस्थामा थप १४ ग्राम ८ सय २० मिलीग्राम ब्राउनसुगर पनि बरामद गरेको छ ।

Womui
Womui