डिस होमको मुख्य टावरमा विप्लव माओवादीद्वारा बम प्रहार

32

काठमाडौं, पुष १–
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा माओवादीले ललितपुरको भैंसेपाटीमा रहेको डिस होमको मुख्य टावरमा बम प्रहार गरेको छ । भारतीय च्यानल प्रशारण रोक्न चेतावनी दिदै आएको विप्लव माओबादीले आज बिहान करिव साढे ६ बजेतिर टावरमा बम प्रहार गरेको हो । बम प्रहारबाट डिस होमको मुख्य टावर ध्वस्त भएको प्रहरीले जनाएको छ । टावर र कार्यालयमा आगजनी भएर ठूलो क्षति भएको प्रहरीले अनुमान गरेको छ । बम प्रहार भएपछि डिस होमका सम्पुर्ण च्यानल बन्द भएका छन् ।

Womui
Womui