संविधान संशोधन र पुननिर्माण विधेयक संसदमा

125

काठमाडौं, मंसिर २९–
संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक मंगलबार संसदमा टेवल भएको छ । होहल्ला नाराबाजी र वेल घेराउकाबीच व्यसस्थापिका संसद बैठकमा मधेसी दलका सांसदको नाराबाजी, होहल्ला र वेल घेराउकाबीच दुवै विधेयक टेवल भएका हुन् । संसद बैठक सुरु हुनासाथ मधेसी मोर्चा आबद्ध दलका सांसदले नाराबाजी र वेल घेराउ गरेका थिए । उनीहरुको अबरोधकाबीच सभामुख ओनसरी घर्तीले संसद बैठक सुचारु गरिन् ।

बैठकमा विधायन समितिकी सभापति गंगा चौधरीले पुननिर्माण प्राधिकरण विधेयकको प्रतिवेदन संसदमा टेवल गराएकी थिइन् । यसैगरी कानुन मन्त्री अग्नी खरेलले नेपालको पहिलो संविधान पहिलो संशोधन विधेयक संसदमा टुलव गराएका थिए । संसदमा दुवै विधेयध टेवल भएपछि सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले नाराबाजी, होहल्ला र वेल घेराउ गरेपछि संसद बैठक चल्न नसक्ने नियम विपरित प्रमुख दलहरुले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै आफूहरुलाई पेलेर जान खोजेको बताए । व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीमा बैठकमा एकजनामात्र सांसद उठेर विरोध गरेपनि संसद बैठक चल्न नसक्ने उल्लेख छ ।

Womui
Womui