वार्ता परिणामुखी बनाउन प्रचण्डको दौडधुप

256

काठमाडौं, मंसिर २४–
मधेसी मोर्चासँग हुने वार्तालाई परिणाममुखी बनाउन एकिकृत नेकपा माओवादीका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुप सुरु गरेका छन् । प्रचण्डले बिहीबार आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा सत्तारुढ राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका नेताहरुसँग छुट्टाछुट्टै राजनीतिक भेटवार्ता गरेका हुन् ।

Prachanda Pic

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा अब हुने वार्तालाई कसरी परिणाममुखी बनाउने विषयमा केन्द्रित गरेको दाहालका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । प्रचण्डले कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग आगामी वार्तालाई परिणाम मुखी बनाउने विषयमा परामर्श गरेका छन् ।

Womui
Womui