भूकम्पपीडितलाई सामूहिक आवास

200

काठमाडौं, मंसिर २४–
भूकम्प पीडितलाई जाडोबाट बचाउन सरकारले हिमाली तथा उच्च पहाडी जिल्लामा सामूहिक आवास निर्माण गर्ने तयारी गरेको छ । भवन निर्माणको काम केहीदिन भित्रमा शुरु हुने सरकारले जनाएको छ । स्थायी आवास निर्माण गर्न समय लाग्ने र जाडो सुरु भैसककाले सरकारले हिँउदको जोखिम भएका क्षेत्रलाई लक्षित गर्दै पिडित परीवारालाई जाडोबाट जोगाउन द्रुत प्रक्रिया अपनाई सुरक्षित सामुहिक आवास भवन बनाउन लागिएको हो । सुरक्षित आवास भूकम्प अति प्रभावित १४ जिल्लामध्ये उपत्यकाका तिनवटा जिल्ला बाहेकका जिल्लामा बनाइने छ। भवन निर्माणको जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको छ ।

Vawon photo

प्रभावित जिल्लामा पनि यस्ता भवन समुद्री सतहबाट १५ सय मिटर भन्दा माथि बसोबास गर्ने हिमाली तथा उच्च पहाडी क्षेत्रमा निर्माण गरिने सहरी तथा भवन निर्माण विभागका महानिर्देशक रमेश प्रसाद सिंहले जानकारी दिएका छन् । यही मंसिर १० गते बसेको मन्त्रीपरिषद्को बैठकले भूकम्पबाट अति प्रभवित क्षेत्रमा ५० वटा सामुहिक आवास भवन निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा विभागले सामूहिक आवासको डिजाइन समेत तयार पारिसकेको छ। विभागले एउटा भवनमा १६ परिवार बस्न मिल्ने गरी डिजाइन बनाएको छ । प्रिफेब्रिकेटेड निर्माण सामाग्रीबाट बनाइउने उक्त भवन एक तले तर लामो हुनेछ । डिजाइन अनुसार एउटा समुहिक भवनमा ८÷८ परिवार बस्न सक्ने दुई वटा ब्लक हुने छ । दुई वटा ब्लकको बिचमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय समेत हुने महानिर्देशक सिंहले जानकारी दिए ।

Womui
Womui