सरकारी कर्मचारी र गैससकर्मीबीच फुटबल

178

नेपालगन्ज, मंसिर २३–
भ्रष्टाचार विरुद्धको १३ औं अन्र्तराष्ट्रिय दिवसको अवसरमा बागेश्वरी असल शासन क्लब (बास)ले सरकारी कर्मचारी र गैससकर्मी बिच मैत्रीपूर्ण फुटवल प्रतियोगिता गरेको छ । नेपालगन्ज रंगशालामा सम्पन्न प्रतियोगितामा सरकारी कर्मचारीका तर्फबाट प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक र गैससकर्मीका तर्फबाट गैर सरकारी संस्था महासंघका पूर्ववरिष्ठ केन्द्रिय उपाध्यक्ष गोपालनाथ योगीले नेतृत्व गरेका थिए । प्रतियोगितामा सरकारी कर्मचारी समूहले गैससकर्मी समूहलाई १ का विरुद्ध ७ गोल प्रहा गरेको थियो ।

foot ball game

प्रतियोगिताका सहभागिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कोहलपुर सम्पर्क कार्यालय प्रमुख दिपक थापा र बाँकेका स्थानीय विकास अधिकारी जीवलाल भुसालले मायाको चिनो र प्रमाणपत्र वितरण गरेका थिए । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कोहलपुर सम्पर्क कार्यालय प्रमुख दिपक थापा र स्थानीय विकास अधिकारी जीवलाल भुसालले संयुक्त रुपमा फुटवल दिएर प्रतियोगिता उउद्घाटन गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क सम्पर्क कार्यालय कोहलपुर, टी.आई नेपाल र जिल्ला विकास समिति, बाँकेको सहकार्यमा प्रतियोगिता गरिएको हो ।

Womui
Womui