घाईते पत्रकार रोकालाई इन्सेकको सहयोग

65

नेपालगन्ज, मंसिर २३–
सिमांकनको विरोधमा गरिएको आन्दोलनको समाचार संकलन गर्न पुगेका बेला गोली लागेर घाईते भएका सुर्खेतका पत्रकार आइसिङ रोकालाई इन्सेकले नगद रकम सहयोग गरेको छ । स्थानीय बुलबुले एफएममा कार्यरत पत्रकार रोकालाई इन्सेक नेपालगन्जले १५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको हो ।

सिमांकन विरुद्ध सुर्खेतमा चलेको आन्दोलनको समाचार संकलनको क्रममा गत साउन २५ गते प्रहरीको गोली लागेर उनी घाईते भएका थिए । पत्रकार रोकालाई इन्सेका सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले उक्त रकम हस्तान्तरण गरे । पत्रकार रोकालाई यसअघि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पहलमा इन्टरनेशनल मिडिया सपोर्टले एक लाख २ हजार ७ सय ४० रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।

Womui
Womui