महतो र रायको दिल्ली भ्रमण लम्विने

173

काठमाडौं, मंसिर २३–
भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दुई नेता राजेन्द्र महतो र महेन्द्रराय तत्काल नफर्कने भएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर मात्रै आज राती स्वदेश फर्कने कार्यक्रम तय भएको छ । सदभावना पार्टी अध्यक्ष महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव भने केही दिन दिल्लीमा नै बसी स्वास्थ्य उपचारमा ब्यस्त रहनेछन् ।

Madhesi Neta @ Dilli

दिल्ली जाँदा पनि दुबै नेता बेग्लै एकदिन पहिले नै गएका थिए । दुबै नेता पटना हुदैँ गत आइतवार दिल्ली प्रस्थान गरेका थिए । महतो र राय स्वास्थ्य उपचारका लागि बस्नु परेको उनी निकटका नेताले बताएका छन् । महतो र यादव केही दिन स्वास्थ्य उपचारका लागि उतै रहनेछन र शुक्रबार मात्रै स्वदेश फर्कने कार्यक्रम तय भएको छ । नेपालको नयाँ संविधान बिभेदकारी भएको भन्दै भारतको समर्थन लिनका लागि सम्झाउन दिल्ली पुगेका मोर्चा आवद्ध ४ नेतालाई सीमा नाकामा अवरोध नगरी आपूर्ति सहज गराउन भारत सरकार र भारतीय नेताहरुले अनुरोध गरिसकेका छन् ।

Womui
Womui