साउँदी अरेबियासँग एक करोड लिटर इन्धन माग

34

काठमाडौं, मंसिर २२–
इन्धन अभावको समस्या खेपिरहेको नेपालले साउदी अरेबिया सरकारसँग १ करोड लिटर इन्धन अनुदानमा उपलब्ध गराउन अनुरोध गरेको छ । इन्धन संकट टार्न भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउदी अरेबियासँग तेल उपलब्ध गराउन आग्रह गरेको हो । यसअघि चीनसँग अनुदानको पेट्रोल ल्याएको सरकारले साउदी अरेबियालाई पनि तेल सहयोग गर्न आग्रह गर्दै औपचारिक पत्र लेखेको वाणिज्य मन्त्रालयका सह(सचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा १० हजार किलोलिटर पेट्रोल तथा डिजेल उपलब्ध गराउन अनुरोध गरिएको छ । मन्त्रालयले साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । ‘एयरकार्गो मार्फत तेल आउन सक्छ । त्यसैले हामीले सोमबार मात्रै परराष्ट्र मार्फत पत्र काटेका छौं,’ मन्त्रालयका एक अधिकारीले भने ।

Womui
Womui