स्थानीयको प्रतिकारबाट चार आन्दोलनकारी घाइते

48

रौतहट, मंसिर २२–
धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ता र गौरका स्थानीयबीच झडप भएको छ । विवाहको सामान किनेर भारतबाट नेपाल फर्किंदै गरेका गौर–२ निवासी रोहित साहलाई गौर–बगनियाँ सीमा क्षेत्रको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीले गालीगलौज गर्दै कुटपिट गरेपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका हुन् । प्रत्यक्षदर्शीका अनुसार आन्दोलनकारीले भारतको बैरगनिया बजारबाट बिबाहको सामान किनेर फर्किदै गरेका साहको मोटरसाइकल ट्यांकीबाट जबरजस्ती पेट्रोल झिकेर पोखिदिनुका साथै भौतिक आक्रमण समेत गरेका थिए ।

आक्रमणपछि साहका आफन्त एवम् गौर–२ का स्थानीयबासीहरु धर्नाकारीमाथि जाइ लागेका थिए । दुई पक्षबीचको झडपका कारण सीमा नाका झन्डै आधा घन्टा तनाबग्रस्त बनेको प्रहरीले जनाएको छ । प्रतिकारमा उत्रिएका स्थानीय बासिन्दाको कुटपिटबाट मुडवलवा गाविसका चन्द्रगुप्त यादव सहितका चार आनदोलनकारी घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । सीमामा तनाव उत्पन्न भएपछि छेउमै रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

Womui
Womui