मानव अधिकार आयोगले अनुगमन गर्ने

89

काठमाडौं, मंसिर २२–
राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुगमन टोलीमाथि सर्लाहीको नवलपुरमा आक्रमणपछि रोकेको अनुगमन फेरी गर्ने भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सर्लाहीको नवलपुरमा आयोगको अनुगमन टोलीमाथि आक्रमण गरेपछि अनुगमनको काम स्थगित गरिएको थियो । मधेसी मोर्चाले मंगलबार माफी मागेपछि आयोगले अनुगमनको काम पुनः सुरु गर्न तयार भएको हो ।

url
मधेसको मानवअधिकार अवस्था दयनीय रहेको समयमा अनुगमनलाई निरन्तरता दिन आग्रह गरेका थिए । यही मंसिर १७ गते सर्लाहीको नवलपुर–जुटपानीमा आयोगको अनुगमन टोलीमाथि आन्दोलनकारीले आक्रमण गरी गाडी तोडफोड गरेका थिए । अनुगमन टोली, आयोगको विभिन्न क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयका कर्मचारी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता एवं मधेसी बुद्धिजीवीसँग छुट्टाछुट्टै छलफलमा अबका दिनमा यस्ता कार्य नहुने प्रतिबद्धता गरिएपछि अनुगमनलाई निरन्नतरता दिन तयार भएको आयोगले जनाएको छ ।

Womui
Womui