नेपालले बाह्र बुदे सहमतिको बचाउ गरे

18

चितवन, मंसिर २१–
एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिल्लीमा भएको १२ बुँदे सहमतिको बचाउ गरेका छन् । शसस्त्र संघर्षमा रहेको तत्कालीन विद्रोही शक्ति माओवादीलाई शान्ति प्रकृयामा ल्याउन ६२ साल मंसिरमा दिल्लीमा १२ बुँदे सहमति भएको थियो । चितवनमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले सो सहमति दिल्लीको साटो केरलामा गर्ने तयारी भएको पनि खुलासा गरे । ‘धेरैले यसमा भारतका सरकारी अधिकारीको भूमिका देख्छन् । कसै कसैले त सहमति हिन्दी भाषामा तयार भएर आएको र पछि नेपालीमा तयार पारेको भनेर भाषण पनि गर्छन् । तर त्यो हुँदै होइन,’ नेता नेपालले भने । भारतका कम्युनिष्ट पार्टीकोे भने सहमति गराउनमा भूमिका रहेको उनले बताए । भारतमै बस्ने प्रवासी नेपालीको डेरामा सहमतिको मस्यौदा तयार गरेको नेपालले खुलासा गरे ।

Womui
Womui