आन्दोलनकारीद्धारा दुई ट्रकमा आगजनी

72

बुटवल, मंसिर २१–
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमवार राती कपिलवस्तुमा २ वटा ट्रकमा आगजनी गरेका छन् । कृष्णनगरबाट विरगन्जतर्फ प्याज लोड गरेर जांदै गरेको ना ६ ख १२४८ नम्बरको ट्रक र चन्द्रौटाबाट कृष्णनगर तर्फ गइरहेको लु १ ख ८७४८ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । तर सो आगजनीका घटनाको जानकारी भएपनि कसले आगजनी गरेको भन्नेबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनभिज्ञ रहेको जनाएको छ । मोर्चालाई जानकारी नै नगराई ट्रकमा आगजनी भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला संयोजक शतीश कुमार गुप्ताले बताएका छन् ।

Womui
Womui