मधेसी मोर्चाका नेता दिल्लीमा भेटघाटमै व्यस्त

217

काठमाडौं, मंसिर २१–
भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु सोमबार पनि भेटघाटमा व्यस्त भएका छन् । मोर्चाका नेताहरुले आज बिहान नेपालका लागि पूर्वराजदूतहरुसँग नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशलन सेन्टरमा ब्रेकफास्ट मिटिङ गरेका छन् । बैठकमा पूर्वराजदूतहरु श्याम शरण, शिवशंकर मुखर्जी, राकेश सुद, जयन्तप्रसाद र रञ्जीत राय पनि सहभागी भएको बताइएको छ ।

Madhesi Neta @ Dilli

मोर्चाका नेताले आइतबार भारतीय विदेशमन्त्री सुस्मा स्वाराजसँग भेटवार्ता गरेका थिए । यस्तै उनीहरुले विपक्षी दलका नेताहरुसँग आन्दोलनबारे छलफल गरिसकेका छन् । भ्रमणमा रहेका मोर्चाका नेतालाई भारतको सरकारले रात्रिभोज आयोजना गरेको थियो ।

Womui
Womui