‘मधेसको मुद्दा चाडै सम्बोधन’ : काँग्रेस सभापति कोईराला

50

विजय मल्ल
नेपालगन्ज, मंसिर २०–
नेपाली काँग्रेसका सभापती एवम् पुर्वप्रधानमन्त्री सुशील कोईरालाले मधेसको मुद्दा चाडै सम्बोधन हुने ठोकुवा गरेका छन् । असहज परिस्थितीबाट जनताले छुटकारा पाउने उनको भनाई छ । ‘देशमा दिगो शान्तिका लागि म सधै क्रियाशिल छु, मधेस केन्द्रित पार्टीका जायज माग पुरा हुन्छन्’ कोईलालाले भने । काँग्रेस बाँकेका पुर्व सभापति स्वर्गिय भाई डा. अरुण कोइरालाको प्रथम वार्षिकीका अवसरमा आइतबार नेपालगन्जमा आयोजित श्रदाञ्जली सभालाई सम्बोधन गर्दै उनले वार्ताद्वारा समस्या समाधान हुने भएकाले सबैमा सकारात्मक बुझाई हुनुपर्ने औल्याए ।

श्रदाञ्जली सभालाई सम्बोधन गर्दै सुशील कोईराला । तस्बिर : उमा थापामगर
श्रदाञ्जली सभालाई सम्बोधन गर्दै सुशील कोईराला ।  तस्बिर : उमा थापामगर

नयाँ संविधानले सबै जाति, भाषा, धर्म, समुदायलाई अधिकार दिएको जिकिर गर्दै नपढेर अफवाहको भरमा आन्दोलन नगर्न उनले आग्रह गरे । ‘संविधान सम्झौताको दस्तावेज भएकाले सबै कुरा भनेजस्तो हुन्न, त्यो मधेसी दलहरुलाई सम्झाउनुपर्छ र उनीहरुले पनि जनतालाई बुझाउनुपर्छ,’ पुर्वप्रधानमन्त्री कोईरालाले भने । कसैको डर–धाक, करकाप र बन्दुकको गोलीले समस्याको समाधान नहुने उल्लेख गर्दै संसदमा पेस भएको संविधान संशोधनको प्रस्ताव पारित हुने प्रक्रियामा रहेकाले समस्या छिट्टै समाधान हुने उनको आशा छ ।

स्वर्गिय भाई अरुणप्रति श्रदाञ्जली दिदै सभापति सुशील कोईराला । तस्बिर : उमा थापामगर
स्वर्गिय भाई अरुणप्रति श्रदाञ्जली दिदै सभापति सुशील कोईराला ।  तस्बिर : उमा थापामगर

नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति लाहुराम थारुको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा काँग्रेस केन्द्रिय सदस्य महेन्द्रराज शर्मा, सांसदहरु मैकुलाल बाल्मिकी, अब्दुल हमिद सिद्धिकी र आसा बिक, पूर्व सांसदहरु मोहम्मद्दी सिद्धिकी र कृष्णसिंह परियार, नेपाली काँग्रेस बाँकेका पूर्व सभापतीद्धय यूवराज शर्मा र सनत रेग्मी लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । कोईराला आइतबार बेलुकाको उडानबाट राजधानी फर्केका छन् ।

नेपालगन्ज विमानस्थलमा स्वागत गर्दै कार्यकर्ता । तस्बिर : उमा थापामगर
नेपालगन्ज विमानस्थलमा स्वागत गर्दै कार्यकर्ता । तस्बिर : उमा थापामगर
 विमानस्थलमा पुर्वप्रधानमन्त्री सुशील कोईरालालाई स्वागत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक । तस्बिर : उमा थापामगर
 स्वागत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक ।  तस्बिर : उमा थापामगर
Womui
Womui