‘आन्दोलनको विकल्प छैन’ : थारु सांसद

47

दाङ, मंसिर १९—
सबै मिलेर आन्दोलन अघि बढाउनुपर्ने थारु नेताहरुले जोड दिएका छन् । दाङको तुल्सिपुरमा आयोजित थारु युवाको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै थारु सांसदहरुले आन्दोलनको विकल्प नरहेको बताएका हुन् । उनीहरुले थारु आन्दोलनलाई जसरी पनि सफलताको शिखरमा पु¥याउनुपर्ने बताए । ‘हाम्रा हक अधिकार सुनिश्चित गर्न आन्दोलन अपरिहार्य छ,’ एमाओवादी सांसद सन्तकुमार थारुले भने, ‘यो आन्दोलन हाम्रा माग पूरा नभएसम्म जारी रहन्छ ।’ त्यस्तै फोरम लोकतान्किकका सांसद योगेन्द्र चौधरीले आन्दोलनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने बताए ।

आन्दोलनको अर्को विकल्प नहुने भन्दै चौधरीले सबै पक्षलाई समेटेर नयाँ ढंगबाट आन्दोलन गर्नुपर्ने बताए । थरुहट तराई पार्टी नेपालका सांसद गंगा थारुले थारु आन्दोलन कुनै हालतमा नरोकिने बताइन् । सबैले आआफ्नो स्थानबाट आन्दोलनलाई साथ सामर्थन गर्नुपर्ने चौधरीले बताइन् । कार्यक्रममा जनजाति नेता पासाङ शेर्पाले थारुहरुको माग जायज रहेको बताउँदै सरकारले यथाशिघ्र माग पूरा गर्नुपर्ने बताए । आन्दोलनकारीमाथि राज्यले गरेको दमन निन्दनीय भएकोसमेत शेर्पाले बताए ।

Womui
Womui