एमालेले मंसिर २१ र २२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

39

काठमाडौं, मंसिर १९—
नेकपा एमालेले मंसिर २१ र २२ गते चितवनमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न स्थायी कमिटी बैठकले संविधान निर्माणपछि उत्पन्न परिस्थिति र संविधान कार्यान्वयनका विषयमा पार्टीको धारणा तय गर्न कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । संविधान कार्यान्वयन तथा संविधान निर्माणपश्चात उत्पन्न परिस्थितिका सन्दर्भमा पार्टीको धारणा स्पष्ट गर्दै तत्कालीन कार्यभार तथा कार्ययोजना निश्चित विशेष राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । सत्तारुढ दल एमाले स्थायी कमिटी बैठकले भारतले गरेको नाकाबन्दीका कारण उत्पन्न आपूर्ति व्यवस्थाको समस्या समाधान गर्न र आपूर्ति सहज बनाउन सरकारकाले ध्यानाकर्षण गराएको छ ।

Womui
Womui