नेम्वाङ एमालेको स्थायी कमिटीमा मनोनित

46

काठमाडौं, मंसिर १८—
नेकपा एमालेको स्थायी कमिटी बैठकले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । उपाध्यक्ष तथा स्थायी कमिटी सदस्य विद्या भण्डारी राष्ट्रपतिमा चुनिएपछि रिक्त भएको पदमा नेम्वाङलाई मनोनित गरेको पार्टीका उपमहासचिव घनश्याम भुषालले जानकारी दिए । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । निजी अध्ययण प्रतिष्ठानमा भने अर्का वरिष्ठ नेता झलनाथ खनाललाई बनाइएको छ ।

नेपाल र खनाल दुबैले विदेश विभाग प्रमुख बन्नुपर्ने दाबी गर्दै आएका थिए । त्यस्तै बैठकले पूर्वाञ्चल अनुगमन गर्ने जिम्मा भीम आचार्यलाई दिएको छ । बैठकले आज साँझ हुने मधेसी मोर्चाको वार्ता तीन दलले गर्ने निर्णयअनुसारै हुने जनाएको छ । तीन दलको बैठक आज ४ बजे हुँदैछ । बैठकले सुशील कोइराला नेतृत्वको सरकारले दर्ता गरेको संविधान संसोधन विधेयकलाई अगाडि बढाउने निर्णयसमेत गरेको भुषालले जानकारी दिए ।

Womui
Womui