मोर्चाको आमसभा अचानक स्थगित

37

रौतहट, मंसिर १८—
बाराको निजगढमा हुने भनिएको मधेसी मोर्चाको आमसभा स्थागित भएको छ । आन्दोलनलाई थप उचाइमा पु¥याउन भन्दै मोर्चाले राजमार्ग केन्द्रित आमसभा गर्दै आएको थियो । शुक्रबार आजका लागि तय भएको आमसभा भने मोर्चाले अचानक स्थगित गरिएको हो । सर्लाहीको नवलपुरमा बिहीबार आयोजना गरिएको आमसभाका क्रममा चुरेभावरसँग झडप हुने सम्भावना टार्न प्रहरीले राजमार्गमा अनपेक्षित रुपमा बल प्रयोग गरेको थियो । त्यहाँको झडपमा गोली लागी ८ जना घाइते भएका थिए । प्रहरीले गोली चलाएपछि तितरबितर भएका मोर्चा कार्यकर्ताले राष्ट्रिय मानव अधिकार आयोगको गाडी आगजनी गरेका थिए ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय सर्लाही र भन्सार स्थित सशस्त्र प्रहरी पोष्टमा पनि पेट्रोल बम फ्याँकेका थिए । पछिल्लो समय सवारी साधन असुरक्षित भएको भन्दै सरकारले राजमार्गमा सुरक्षा बढाएको छ । बीरगञ्ज नाकामा केन्द्रित आन्दोलन कमजोर बन्दै गएकाले त्यसलाई उठाउन मोर्चाले निजगढमा आमसभा स्थगित गरेको तराइ मधेस लोकतान्त्रिक पाटीका महामन्त्री जितेन्द्र सोनलले उल्लेख गरेका छन् । संविधानले मधेसी जनताको माग नसमेटेको भन्दै मोर्चा तीन महिनाभन्दा बढी समयदेखि आन्दोलित छ ।

Womui
Womui