अबदेखि दैनिक साढे ९ घण्टा लोडसेडिङ

48

काठमाडौं, मंसिर १८—
नेपाल विद्युत प्राधिकरणले शुक्रबार आजदेखि लागु हुनेगरी दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ सुरु गरेको छ । सूचना नै प्रकाशित गरेर प्राधिकरणले दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुने जानकारी दिएको हो । उक्त तालिका अनुसार अब हप्तामा तीन दिन आठ घण्टा, एक दिन सात घण्टा, एक दिन साढे आठ घण्टा, एक दिन नौ घण्टा र एक दिन साढे नौं घण्टासम्म विद्युत कटौती हुनेछ । यसरी लोडसेडिङ हुँदा हप्तामा ५८ घण्टाभन्दा बढी विद्युत कटौती हुनेछ ।

प्राधिकरणले सार्वजनिक गरेको तालिका ।
प्राधिकरणले सार्वजनिक गरेको तालिका ।

यसअघि प्राधिकरणले साप्ताहिक ४४ घण्टा लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । भारतीय नाकाबन्दीपछि उद्योगमा विद्युत खपत नहुँदा औद्योगिक क्षेत्रमा वितरण गरिएको विद्युत सर्वसाधारण ग्राहकलाई उपलब्ध गराउँदा सातामा १५ घण्टामात्रै लोडसेडिङ भएको थियो । केहीदिनअघिदेखि अघोषित रुपमा लोडसेडिङ बढाएको प्राधिकरणले माग भन्दा उत्पादन आधा नै कम भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

Womui
Womui