जनस्वास्थ्यका लेखा अधिकृत सम्पर्क विहिन

31

नेपालगन्ज, मंसिर १३–
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका लेखा अधिकृत विष्णुप्रसाद कक्षपति लामो समयदेखि सम्पर्क विहिन भएका छन् । गत भदौ महिनादेखि कार्यालयमा अनियमित हुन थालेका उनी असोज महिनाबाट अचानक सम्पर्क बिहिन भएका हुन् । कार्यालयलाई जानकारी समेत नगराएर लेखा अधिकृत कक्षपति सम्पर्क विहिन भएको जनस्वास्थ्य प्रमुख डा. विनोदकुमार गिरीले जानकारी दिए ।

लेखा अधिकृत सम्पर्क विहिन भएको विषयमा विभिन्न निकायलाई जानकारी गराउँदा पनि अहिले सम्म महालेखाले लेखा अधिकृत पठाउन नसकेको उनले बताए । ‘हामीले सबै निकायमा यस विषयमा चिठ्ठी पठाइसकेका छौं, तरपनि लेखा अधिकृत पाएनौं,’ गिरीले भने । लेखा अधिकृत नहुँदा कार्यालय अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई तलव खुवाउन नसकिएको उनले बताए । विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका अनमीले साउन महिनादेखि तलव खान पाएका छैनन् ।

Womui
Womui