सुरक्षामा उत्पन्न चुनौतीबारे सेनाका पुर्व उच्च अधिकारीको चासो

122

काठमाडौं, मंसिर १३–
मुलुकको पछिल्लो असहज अवस्था र नेपाली सेनाको भूमिका बारेमा सैनिक मुख्यालयमा आइतबार विशेष छलफल भएको छ । छलफलमा बहालवाला उच्च सैनिक अधिकृतसँगै पूर्वसेनापति तथा अवकाशप्राप्त जर्नेलहरुलाई पनि बोलाइएको थियो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विशेष पहलमा आयोजना गरिएको भेलामा तराई मधेस आन्दोलन, भारतीय नाकाबन्दी, आपूर्तिमा निरन्तर अवरोधलगायतका असहज अवस्थाले राष्ट्रिय सुरक्षामा उत्पन्न गरेको चिन्ता र चुनौतीबारे गम्भीर छलफल भएको छ । मुलुकको राजनीतिक र सुरक्षा अवस्था अन्यन्त गम्भीर मोडमा पुगेको निश्कर्ष निकाल्दै जंगीअड्डाको छलफलले राजनीतिक तहमा तत्काल समाधान खोजिनुपर्नेमा जोड दिएको छ । छलफलमा पूर्वसेनापतिहरु रुक्मांगद कटवाल, छत्रमानसिंह गुरुङ, अर्जुनरसिंह राण, प्यारजंग थापालगायत पूर्व सेना प्रमुखहरु सहभागी थिए ।

Nepali Sena

त्यसैगरी पूर्व रथीहरु बालानन्द शर्मा, चित्रबहादुर गुरुङ, नेपालभूषण चन्दलगायतका अवकाश प्राप्त उच्च सैनिक अधिकृतहरु पनि छलफलमा सहभागी भएका थिए । कार्यक्रमको प्रारम्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य दिदै मुलुकको असहज अवस्था र राष्ट्रिय सुरक्षामा देखिएका जोखिम तथा चुनौती प्रस्तुत गरेका थिए । भेलामा सहभागी एक पूर्व सैनिक अधिकारीका अनुसार अधिकांश जर्नेलहरुले तराईमा उत्पन्न भएको परिस्थिति राजनीतिक समस्या भएकोले यथाशिघ्र राजनीतिक तवरबाटै समस्याको समाधान हुनुपर्ने धारणा राखेका थिए ।

Womui
Womui