महायज्ञको तयारी तिव्र

46

नेपालगन्ज, मंसिर ११–
नेपालगन्जमा आयोजना गर्न लागिएको श्रीमद्भागवत महापुराण तथा विराट राष्ट्र कल्याण महायज्ञको तयारी तीव्र पारिएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही मंसिर १८ देखि २५ गतेसम्म नेपालगन्जको कारकाँदोमा महायज्ञ हुदैछ । शुक्रबार आयोजित पत्रकार भेटघाटमा महायज्ञ सञ्चालनका लागि १२ वटा उप–समिति सहित तयारी तीब्र पारिएको मूल समिति संयोजक एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

महायज्ञ धर्मका लागि मात्र नभएर सामाजिक सद्भाव फैलाउने उद्देश्य प्रेरित भएको उनले बताए । ‘यस्तो विसम परिस्थितिमा एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न जरुरी छ,’ अध्यक्ष श्रेष्ठले भने ‘निजी क्षेत्रको विकासका लागि पनि महायज्ञले ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा लिएका छौं ।’ बालव्यास पण्डित सन्देश किशोर कौडिण्य भागवत तथा कथा वाचक रहने कार्यक्रमको उद्घाटन अघि सरसफाई, शोभा कलशयात्रा लगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ । महायज्ञमा दाताहरुलाई सम्मान गर्ने, रथयात्राले नगर परिक्रमा गराउने जस्ता कार्यक्रम पनि राखिएको जनाइएको छ ।

Womui
Womui