दसगजामा जलायो मोर्चाले मोटरसाईकल

123

रौतहट, मंसिर ११–
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार ट्यांकी भरेर तेल ल्याएको भन्दै रौतहटस्थित दशगजा क्षेत्रमा मोटरसाईकलमा आगजनी गरेका छन् । भारतीय बजारबाट मोटरसाइकलको टयाँकी भरेर पेट्रोल ल्याएको भन्दै रौतट सदरमुकाम गौर स्थित नेपाल–भारत सीमाक्षेत्रको दशगजामै मधेसी मोर्चाका कार्यकर्ताहरुले मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका हुन् । गरुडा स्थित फरवाड बैँकमा कार्यरत कर्मचारी अमृत चौभरीले को८प ८७२६ नम्बरको मोटरसाइकलमा भारतको बैरगनिया बजारबाट पेट्रोल भरेर फर्किने क्रममा मोर्चाका कार्यकर्ताहरुले फुल टंकी तेल किन ल्याएको ? भन्दै आगो लगाएको पीडित चौधरीले बताए । जवाफ दिने मौका पनि नदिएर आन्दोलनकारीले कुटपिट गर्दै मोटरसाइकलमा आगजनी गरेको उनको गुनासो छ ।

Womui
Womui