ट्यांकर चालकको आन्दोलन स्थगित

47

नेपालन्ज, मंसिर ११–
आन्दोलनरत ट्यांकर चालकहरु काममा फर्किएका छन् । उनीहरुले आन्दोलन स्थगित गरेपछि शुक्रबार इन्धन ढुवानीको काम सुरु भएको छ । इन्धनको कालोबजारी गरेको आरोपमा ट्यांकर चालक गंगादत्त बडुलाई पक्राउ गरेको विरोधमा चालकहरु बिहीबार आन्दोलित भएका थिए । मध्यपश्चिम पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष समेत रहेका बडुको संलग्नतामा इन्धन कालोबजारी गरेको तथ्य पत्ता लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

आन्दोलन स्वरुप आयल निगम कार्यालय अगाडी रोकिएका ट्यांकर ।
आन्दोलन स्वरुप आयल निगम कार्यालय अगाडी रोकिएका ट्यांकर ।

बडुविरुद्ध लागेको आरोपको निष्पक्ष रुपमा छिटो, छरितो छानविन गर्ने विषयमा सहमती भएपछि शुक्रबार दिउँसोबाट आन्दोलन स्थगित गरी काममा फर्किएका हुन् । चालक काममा फर्किएपछि शुक्रबार दिउँसो १ बजेबाट इन्धन लोड र अनलोड सम्बन्धी काम सुरु भएको नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जका निमित्त प्रमुख विक्रम गुवाजुले बताए । उनका अनुसार शुक्रबार बाँके, बर्दिया, दाङ लगायत जिल्लामा डिजल र पेट्रोल पठाइएको छ ।

Womui
Womui