बाढी प्रभावित क्षेत्रमा सिचाई मन्त्रीको अनुगमन

44

नेपालगन्ज, मंसिर ११–
बाँकेका बाढी प्रभावित क्षेत्रको सिचाई मन्त्री उमेश यादवले निरिक्षण गरेका छन् । बाढी प्रभावित क्षेत्र होलिया र फत्तेपुरको शुक्रबार स्थलगत निरिक्षण गरेका हुन् । मन्त्री यादवसँग बाढी पीडितहरुले पक्की तटबन्ध निर्माणको योजना ल्याउन अनुरोध गरे । भारतले बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बर्षेनी जिल्लाको होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, कम्दी, बेतहनी लगायत गाविस डुबानमा पर्छन् । बाढीले बर्षेनी दुःख दिदै आएको भन्दै पीडितले राप्ती नदी नियन्त्रणको ठोस योजना लागु गरेर सरकारले समयमै सयौं हेक्टर उर्वर भूमि बचाउनुपर्ने बताए ।

Badhi pidit

मन्त्री यादवसँग होलियाका बाढी पीडित आशाराम मौर्यले भने, ‘सरकारले पक्की तटबन्ध बनाइदिएको भए हामीहरु बर्षेनी गास र बासका लागि बोल्नु पर्ने थिएन ।’ बाढी नआएको समयमा मात्र मन्त्री र नेताहरु निरिक्षणमा आउने गरेको गुनासो पोख्दै उनले पुरा नगर्नेे आश्वासन नदिन आग्रह गरे । २०७१ मा आएको बाढीका कारण होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, कम्दी, लगायत गाविसका हजारौं बासिन्दा प्रभावित भएका थिए । ती मध्ये होलियाका थुप्रै विस्थापित स्थानीय बासिन्दा अझैपनि पुर्नस्थापित भएका छैनन् । बाढी पीडितलाई आश्वासन दिदै मन्त्री यादवले मुलुकभर नदी, नालाले वर्षेनी पु¥याउने क्षतिको आफुले अध्ययन गरिरहेको बताए । राप्ती नदीको बाढीले बर्षेनी ठुलो जनधनको क्षति पु¥याउँदै आएको स्वीकार गर्र्दै उनले सरकारसँग बजेट कम, समस्या धेरै रहेको सुनाए । सिचाई मन्त्रालयले जोखिमपुर्ण सुरुमा बस्ती जोगाउने र त्यसपछि उर्भर भूमि बचाउने कामलाई प्राथमिकता दिने आश्वासन दिए ।

Womui
Womui