पाल्पामा भएको जीप दुर्घटनामा चारको मृत्यु

84

पाल्पा, मंसिर ११–
पाल्पाको झडेवा–२ मा भएको जीप दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ । चारैजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २४ जना घाइते छन । उनीहरूको उपचारको लागि सदरमुकाम तानसेन लगिएको छ । तानसेनबाट झडेवातर्फ जाँदै गरेको लु १ ज १९२२ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी चौकी माथा र प्रहरी चौकी प्रभासको टोली उद्धारको लागि पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार जिप करिव ५ सय मिटर तल खसेको छ ।

Womui
Womui