कांग्रेसको अवरोधले संसद बैठक स्थगित

50

काठमाडौं, मंसिर १०–
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक बिहीबार स्थगित भएको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूले बोल्न पाउनुपर्ने भन्दै सभामुखसँग समय मागेका थिए । सभामुख ओनसरी घर्तीले कांग्रेस सांसदलाई समय नदिए संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्ने समय दिएपछि कांग्रेस सांसदले होहल्ला गरेका थिए । उनीहरुले प्रमुख प्रतिपक्ष दललाई बोल्न नदिइ अन्य दललाई दिनु संसदीय परम्परा विपरित भएको भन्दै कांंग्रेसले सभामुखले गल्ती गरेको बताएका थिए । सभामुखले यादवलाई बोल्ने समय दिएपछि कांग्रेस सांसदले होहल्ला गरेपछि यादवले बोल्न पाएनन् ।

कांग्रेस सांसद विमलेन्द्र निधीले कार्यव्यवस्था समितिको बैठकमा पनि बैठकमा पहिला कांग्रेस सांसदले बोल्ने सहमति भएको बताए । कांग्रेसले संविधान संशोधन विधेयक अगाडि बढाउन र पुननिर्माण विधेयक पारित गरी पुर्न निर्माणको काम थाल्न दबाब दिने तयारी गरेको उनले बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता पक्ष र प्रतिपक्ष मिलेर मधेसी मोर्चाका माग संसदमा समेत राख्न नदिएको आरोप लगाएका छन् । संसदको अर्को बैठक यही १५ गते विहान ११ बजेलाई बोलाइएको संसद सचिवालयले जनाएको छ ।

Womui
Womui