मोर्चाका कार्यकर्ताले पेट्रोल खन्याएर जिउँदै जलाए

56

विराटनगर, मंसिर १०–
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको निहुँमा एक व्यक्तिलाई पेट्रोल खन्याएर जिउँदै जलाएका छन् । भारतबाट पेट्रोल ल्याएको आरोपमा मोरङ भाथिगछ–७ निवासी २८ वर्षीय बब्लु राजबंशीलाई जिउँदै जलाएका हुन् । राजबंशी भारतबाट एक जर्किन पेट्रोल लिएर नेपाल आएका थिए । मोर्चाका कार्यकर्ता र स्थानीय युवाले बन्दको बेला किन पेट्रोल ल्याएको भन्दै पेट्रोल खोस्न खोज्दा राजवंशीले पेट्रोल दिन मानेनन् ।

 जिउँदै जलाइएका बब्लु राजबंशी । तस्बिर : साभार नागरिकन्यूज
जिउँदै जलाइएका बब्लु राजबंशी । तस्बिर : साभार नागरिकन्यूज

उघ्र अवस्थामा रहेका मोर्चाका कार्यकर्ताले जर्किन खोसेर उक्त पेट्रोल राजवंशीमाथि खन्याई आगो लगाएको प्रत्यक्षदर्शीले बताए । आगोले राजवंशीको शरीरको पचाश प्रतिशत भन्दा बढी भाग जलेको छ । उनलाई उपचारको लागि सुरुमा कोशी अंचल अस्पताल लगिएको थियो । त्यहाँ उपचार असम्भव भएपछि अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा लगिएको छ ।

Womui
Womui