मदरसा बिद्यालयको अनुगमन गरियो

42

नेपालगन्ज, मंसिर १०–
बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले नेपालगन्जमा संचालित मदरसाहरुको अनुगमन निरिक्षण गरेका छन् । बाँकेमा सरुवा भएर आएपछि पहिलो पटक जिल्ला शिक्षा अधिकारी साउदले सहायक जिशिअ गोरखबहादुर थापासँगै नेपालगन्ज–५ स्थित मदरसा दारुल उलुम गुलशने मदिना र नेपालगन्ज–६ स्थित आईशा मदरसतुल बनातमा पुगेर दुबै मदरसाको बिस्तृत रुपमा अनुगमन निरिक्षण गरेका हुन् ।

madarsa visit

सो अवसरमा जिल्ला शिक्षा अधिकारी साउदले ती मदरसामा शिक्षाको गुणस्तरीयता, भौतिक पूर्वाधार र शिक्षक अभिभावकको भूमिकाको बारेमा जानकारी लिएका थिए । मदरसाका बिद्यार्थीहरुसँग भेटेर शिक्षण अवस्थाको जानकारी लिंदै उनले ती मदरसाहरुमा बाँके युनेस्को क्लबले काम गरेपछि परेको प्रभाव र भएका सुधारका बारेमा पनि चासो लिएका छन् ।

Womui
Womui