कात्तिक पुर्णीमाको अवसरमा बाँकेमा मेला

57

नेपालगन्ज, मंसिर ९–
कात्तिक पुर्णीमाको अवसरमा बाँकेको विभिन्न ठाउँमा बुधबार मेला लागेको छ । कात्तिक पुर्णीमाका दिन बिहान सबेरै नजिकका खोला, नदी, तलाउमा पुगी स्नान गरि सुर्यको पुजा गर्ने चलन छ । यस दिन सुर्य उदाउनु पूर्व नदी, तलाउमा स्नान गरि जल चढाई सुर्यको पुजा अर्चना गरे मनोकामना पुरा हुने विश्वास रहदै आएको छ । यसदिन विशेष गरि कम्दी गाविसस्थित सिधनीयाघाटमा बाक्लो भक्तजनको भीड हुने गर्दछ । सिधनीयाघाटमा स्नान गर्न बाँके, बर्दिया, दाङ लगायत भारतका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्छन् । यस्तै बेतहनी गाविसस्थित सतीघाट र होलियामा ठूलो भक्तजनको भीडसँगै मेला समेत लाग्ने गर्दछ । आजकै दिन बेलहरी गाविसको गुरुवागाँउको मेला सुरुवात हुन्छ । यि धार्मिक सहिष्णुताका हिसावले यि मेला महत्वपुर्ण मानिन्छन् । यस दिन स्नान गरेमा वर्षभरीको पाप हट्ने तथा मनोकांक्षा पुरा हुने विश्वास रहेको स्थानीय बासिन्दा बताउँछन् ।

Womui
Womui