तराईका जिल्लामा विशेष सुरक्षा योजना लागु

35

काठमाडौं, मंसिर ९–
सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । अब राजर्मागहरुमा कुनै अवरोध गर्न नदिइने गृह मन्त्रालयले जनाएको छ । राजमार्गहरु सुचारु गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नयाँ एकीकृत सुरक्षा योजना लागू गरिएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । ‘नेपाली सेना होइन,’ उनले भने ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली खटाइनेछ ।’

केन्द्रीय सुरक्षा समितिले मंगलबारबाट लागू हुने गरी विशेष सुरक्षा योजना लागू गरेको गृह मन्त्रालयले जनाएको छ । यो योजनामा आन्दोलन चर्किएको तराई मधेसको पर्सादेखि सप्तरी तथा नवलपरासीदेखि बाँकेसम्मका जिल्लामा लागू हुनेछ । सुरक्षा संवेदनशीलताका आधारमा जिल्लाहरुलाई तीन समूहमा वर्गीकरण गरिएको छ र त्यस अनुसार नै जनशक्ति परिचालन हुनेछ । गृह प्रवक्ता ढकालका अनुसार विशेष सुरक्षा योजना लागू भएका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरेर सुरक्षाकर्मी परिचनलन गर्नेछ । जसमा नेपाल प्रहरी अगाडि रहनेछ भने त्यसलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।

Womui
Womui